nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

''थाहा’लाई नगर विकास योजनामा पार्छु''–शहरी विकास मन्त्री केसी 

मकवानपुरको थाहा नगरपालिकालाई जुनसुकै अवस्थामा पनि नयाँ नगर विकास योजना भित्र पार्ने शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले प्रतिबद्धता व्यक्त गरेका छन् । १० असोजमा नेपाली कांग्रेस थाहानगर कमिटिको आयोजनामा थाहा भएको विजया दशमी तथा दीपावलीको शुभकामना आदनप्रदान एवम् पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा काँग्रेस कार्यकर्ता काम र कर्तव्य कहिले नभुल्न केसीले आग्रह गरे । 
मन्त्री केसीले संसारमा एउटा पार्टीले ३ वटा क्रान्ती चिर्दै परिवर्तन गर्ने पार्टी भनेकै नेपाली काँग्रेस भएकोले कार्यकर्तालाई सँधै निर्धक्क भएर अगाडी बढ्नु पर्नेमा जोड दिए । उनले थाहानगरको प्रशंसा गर्दे आफूलाई मनपर्ने ठाउँ भएको बताउँदै आवश्यक विकास कार्यको लागि आश्वासन दिए । नेपाली कांग्रेस थाहानगर समितिका सभापति योगेन्द्रमान श्रेष्ठको सभाध्यक्षता तथा नेपाली कांगे्रसका केन्द्रिय सदस्य युवा नेता तथा ंसद बद्री पाण्डेको विशेष आतिथ्यतामा थाहा नगरपालिको पालुङ जेसिज हलमा कार्यक्रम भएको हो । 


शुभकामना तथा चियापान कार्यक्रमको अवसरमा विभिन्न पाटी परित्याग गरि नेपाली काग्रेसमा प्रवेश गरेका छन्  । कार्यक्रममा नुवाकोट जिल्ला सभापति जगदिश नरसिंकेसी, मकवानपुरका जिल्ला सभापति तथा सांसद ईन्द्र बानियाँ, नेपाल निर्माण व्यवसायी संघका जयराम लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । 
--जनक लामा/थाहानगर