Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा–काठमाडाैं पत्रकार समाजकाे अध्यक्षमा ढकाल निर्वाचित

थाहा–काठमाडौँ पत्रकार समाजको गठन गरिएको छ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका घर भई काठमाण्डौँमा क्रियाशिल पत्रकारहरुको भेलाले वैकुण्ठ ढकालको अध्यक्षतामा समाजको गठन गरेको हो ।

भेलाले समाजको उपाध्यक्षमा बबिता ढकाल, सचिवमा रघुनाथ बजगाँई, सहसचिवमा ममता थापा र कोषाध्यक्षमा दिनेश कार्कीलाई निर्विरोध चयन गरेको छ । समाजका सदस्यहरुमा संघर्ष बिष्ट, रामजी बलामी, आयुष्मा बस्नेत र सुस्मिता बजगाँई चयन हुनुभएको छ ।

भेलामा सहभागीहरुले थाहा नगरपालिकाको संभावना र चुनौतीलाई उजागर गर्दै आर्थिक समृद्धिका लागि योगदान गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०