nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा दुई स्रोत केन्द्र, को तोकिए स्रोत व्यक्ति ?
जिल्लामा स्थानीय तहअनुसार अस्थायी स्रोत केन्द्र तोकिँदै

DEO-1503906543.jpg

मकवानपुरमा स्थानीय तहअनुसार विद्यालय स्रोत केन्द्र निर्धारण गरिने भएको छ । हाल रहेका १८ वटा स्रोत केन्द्रलाई पनि यथावत राखी पायक पर्ने स्थानबाट अस्थायी स्रोत केन्द्र सञ्चालन गर्ने जिल्ला शिक्षा कार्यालय मकवानपुरले जनाएको छ । सबै सरोकारवालासँग छलफल गरी केही समयपछि स्थानीय तहअनुसार स्रोत केन्द्र निर्धारण गरिने जनाइएको छ । अहिलेलाई भने स्थानीय तहअनुसार तोकिएको वडाहरुमध्ये पायक पर्ने विद्यालयबाट कार्य सञ्चालन गर्नको लागि स्रोत व्यक्ति तोकी जिम्मेवारी प्रदान गरिएको १२ भाद्रको साझाकुरा दैनिकमा समाचार प्रकाशन भएको छ ।
यस अनुसार थाहा नगरपालिकाको ५ ,६, ९, १० ११ र १२ नम्बर वडालाई एकत्रित गरी रामकुमार ठाकुरलाई स्रोत व्यक्ति तोकिएको छ । थाहा नगरपालिकाकै १, २, ३, ४ ७ र ८ नम्बर वडाका विद्यालयलाई एउटा क्लष्टरमा राखी ठाकुर वर्तौलालाई स्रोत व्यक्तिको जिम्मेवारी दिइएको छ ।
त्यस्तै कैलाश गाउँपालिकाको वडा नम्बर ३, ४, ७, ८, ९ र १० नम्बर वडाका विद्यालयलाई एउटा क्लष्टरमा छुट्याइएको छ । जसमा स्रोत व्यक्ति सूर्य घिमिरेलाई समन्वयको जिम्मेवारी दिइएको छ । कैलाश गाउँपालिकाकै १, २, ५ र ६ नम्बर वडाका विद्यालयको स्रोत व्यक्तिको जिम्मा पनि रामकुमार ठाकुरलाई नै दिइएको छ ।
हेटौंडा–१,३, ११ र १९ नम्बर वडालाई एउटा एउटा क्लष्टर तोकी त्यस वडाभित्र सबैलाई पायक पर्ने एउटा विद्यालयबाट अस्थायी रुपमा कार्य सञ्चालन गर्न स्रोत व्यक्ति राजेश घिमिरेलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी हेटौंडा– २,४,५,७,८,९ र १० नम्बर वडालाई एउटा क्लष्टरमा छुट्याई किरणकुमार आचार्यलाई स्रोत व्यक्ति तोकिएको छ । हेटौंडा १२, १३, १४ र १५ नम्बर वडालाई एउटा क्लष्टर बनाई नारायणप्रसाद भण्डारीलाई जिम्मेवारी दिइएको छ भने हेटौंडा ६, १६, १७ र १८ नम्बर वडालाई एउटा क्लष्टर बनाइएको छ । जसमा केशब सञ्जेललाई स्रोत व्यक्तिको जिम्मेवारी दिइएको छ ।
बकैया गाउँपालिकाको ८, ९ ,१०, ११ र १२ नम्बर वडाका विद्यालयलाई मिलाएर अस्थायी स्रोत केन्द्र सञ्चालन गर्नको लागि मोदनाथ पोख्रेललाई जिम्मेवारी दिइएको छ भने बकैया गाउँपालिकाकै १ देखि ६ नम्बर वडाका विद्यालयलाई एउटा क्लष्टर बनाई स्रोत व्यक्तिको रुपमा काम गर्न ललन चौधरीलाई तोकिएको छ । भीमफेदी गाउँपालिकाको १,२,३,४ र ९ नम्बर वडाका विद्यालयमा गोविन्दप्रसाद चौलागाईले स्रोत व्यक्तिको जिम्मेवारी पाएका छन् भने भीमफेदीकै ५ देखि ८ नम्बर वडासम्मका विद्यालयलाई पायक पर्ने गरी अस्थायी स्रोत केन्द्र सञ्चालन गर्न पूर्णभद्र भुषाललाई तोकिएको छ । मकवानपुरगढी गाउँपालिकाका सबै विद्यालयलाई समेटेर अस्थायी स्रोत केन्द्रको काम कारबाही सञ्चालन गर्ने निर्णय भएको छ । यसको लागि जनकराज पन्तलाई स्रोत व्यक्ति तोकिएको छ । मनहरी गाउँपालिकामा रहेका सबै विद्यालय समेटेर एउटा क्लष्टर बनाइएको छ । जसमा रमेश शर्मालाई स्रोत व्यक्तिको जिम्मेवारी दिइएको छ । राक्सिराङ गाउँपालिकाको १ देखि ५ नम्बर वडाका विद्यालयलाई एउटा क्लष्टरमा छुट्याएर रामु दराईलाई जिम्मेवारी दिइएको छ भने राक्सिराङ गाउँपालिकाकै ७, ८ र ९ नम्बर वडालाई समेटेर केशब सञ्जेललाई स्रोत व्यक्ति तोकिएको छ ।

त्यसैगरी राक्सिराङ गाउँपालिकाको ९ नम्बर वडाका विद्यालयलाई एउटा क्लष्टरमा राखी राजेश घिमिरेलाई स्रोत व्यक्तिको जिम्मा दिइएको छ । इन्द्रसरोबर गाउँपालिकाका सबै वडाका विद्यालयलाई समेटेर ज्ञानेन्द्र दाहाललाई स्रोत व्यक्ति तोकिएको छ । त्यस्तै बागमति गाउँपालिकाका सबै विद्यालयलाई एउटा क्लष्टर मानी रविन्द्रप्रसाद चौधरीलाई स्रोत व्यक्तिको जिम्मेवारी दिइएको छ । जिल्ला शिक्षा कार्यालयका कर्मचारी, विद्यालय निरीक्षक र स्रोत व्यक्तिसँगको सल्लाहमा स्थानीय तहको संरचनाअन्तर्गत विद्यालयहरुलाई विभाजन गरी अस्थायी स्रोत केन्द्र तोकेर काम गर्न स्रोत व्यक्तिलाई जिम्मेवारी दिइएको कार्यालयका सूचना अधिकारी शम्भुप्रसाद पौडेलले जानकारी दिए । तोकिएका स्रोत व्यक्तिहरुले आफ्नो क्लष्टरका विद्यालयहरुसँग सल्लाह गरी सबैलाई पायक पर्ने विद्यालयबाट बैठक, छलफल तथा स्रोत केन्द्रको कामकारबाही अघि बढाउने पौडेलले बताए । आफूहरुसँग सल्लाह नै नगरी जिशिकाले निर्णय गरेको भन्दै जनप्रतिनिधिहरुले भने आपत्ति जनाएका छन् ।