Wednesday, 26th August, 2026
वि.स.

थाहामा जनप्रतिनीधि र कर्मचारीलाई तालीम

थाहा नगरपालिकाको आयोजनामा योजना तर्जुमा प्रक्रिया तथा सार्वजनिक खरिद सम्बन्धी तीनदिने तालीम शुरु भएको छ । थाहा नगरपालिकाको विकास घरमा ७ माघबाट तालीम शूरु भएको हो ।

स्थानीय तहले योजना छनोट गर्दा ध्यान दिनूपर्ने कुराहरु, त्यसको प्रक्रिया र खरिद कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले तालिम दिइएको हो । तालिममा थाहा नगरपालिकाका शाखा प्रमुखहरु, वडा सचिवहरु, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

माघ ९ सम्म संचालन हुने तालीमका सहभागीहरुलाई गोकर्ण प्रसाद शर्माले सहजीकरण गरिरहेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif