Monday, 24th August, 2026
वि.स.

थाहामा अत्यावश्यकीय प्रदायकलाई मास्क र सेनिटाइजर अनिवार्य

थाहा नगरपाकिाले अत्यावश्यकीय सेवा प्रवाह गर्दा मास्क र सेनिटाइजर अनिवार्य लगाउन निर्देशन जारी गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालयले यस्तो निर्णय गरी निर्देशन जारी गरेको हो । 

नगरपालिकाले अत्यावश्यकीय पसलहरुमा ६० थान मास्क र २० थान सेनिटाइजर स्याम्पलको रुपमा निःशुल्क वितरण गरेको छ । नगर प्रमुख लवशेर विष्टले भने–‘तपाइहरु व्यवशायी हुनुहुन्छ, नगरपालिकाले सँधै दिदैन स्वास्थ्यप्रति आफै सचेत बन्नुस् अरुलाई सचेतना फैलाउनुहोस् ।’ 

थाहा नगरपालिकामा रहेको सबै अत्ष्यावश्यकीय सेवाका लागि संचालन हुने पसल तथा कार्यालयहरुमा समेत यस्तो वयवस्था गर्न नगर प्रमुख विष्टले अनुरोध गरेका छन् । नगरपालिकाले कृषि विकास बैैंक र नेपाल बैंक पालुङ शाखालाई २० थान मास्क र २ थान सेनिटाइजर निःशुल्क उपलब्ध गराएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०