Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगर मिडिया एसोसिएसनको अध्यक्षमा नेगी

थाहानगर मिडियामा कुमार नेगी थाहानगर मिडिया एसोसिएसनको अध्यक्षमा शान्तिपुर दैनिकका प्रकाशक तथा सम्पादक कुमार नेगी चयन भएका छन् । मकवानपुरको उत्तरी क्षेत्र थाहानगरमा तथा ईन्द्रसरोवर गाउँपालिकामा क्रियासिल पत्रकारहरुको १४ पफागुनमा भएकाे भेलाले थाहानगर मिडिया एसोसियसन गठन गरेको हो ।

त्यसैगरि उपाध्यक्षमा विकास खबरपत्रिकाका प्रकाशक सुरजकुमार भुजेल, सचिवमा जनमुखी साप्ताहिकका संवाददाता शम्भु अधिकारी, सहसचिवमा विकासखबर डटकमका संवाददाता मञ्जरी बलामी, कोषाध्यक्षमा थाहापाटी डटकमका रामकुमार कार्की चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा साझाकुरा दैनिकका जर्म श्रेष्ठ, ईन्द्रसरोवर एफएमका बासु विष्ट, शान्तिपुर दैनिकका जनक तामाङ, रेडियो आवाजका सुनसाथी थिङ, रेडियो पालुङका अनन्त ढकाल र विकास खबर डटकमका निराजन गोपाली रहेका छन् । कार्यक्रम समाजसेवी अच्युतम प्रसाद ढकाललको विशेष आतिथ्यतामा भएको हो ।

एशोसिएशनले थाहानगर तथा मकवानपुरको उत्तरी क्षेत्रमा पत्रकारीताको समस्या पहिचान तथा समाधानका पहल, पत्रकारहरुमा एकरुपता, पत्रकारीतालाई विकाससंग जोड्न मद्दत गर्ने जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंग प्रदेश पार्षद सुरेन्द्रमान प्रधान, जनमुखी प्रा.लिका ईच्छापूर्ण कार्की लगायतको आतिथ्यता रहेका थियो ।



https://www.thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।