Friday, 28th August, 2026
वि.स.

थाहानगर बज्रवाराहीको प्यसिफिक सहकारीको नाफा करिब ३ लाख

थाहा नगरपालिकाको बज्रवाराहीमा रहेको प्यसिफिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । थाहा नगरपालिकाका उप प्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यमा सभा भएको हो । संस्थाका अध्यक्ष राजेन्द्र विडारीको अध्यक्षतामा भएको साधारणसभामा संस्थाको शेयर पुँजी ३ करोड २२ लाख ९० हजार रुपियाँ रहेको जानकारी दिइएको थियो । 

कुल १ हजार ६ सय ४५ सदस्य रहेको सहकारीले २ लाख ८४ हजार ८ सय ९८ रुपियाँ नाफा गरेको छ ।  साधारणसभाको अवसरमा सहकारीले बज्रवाराही स्वास्थ्य चौकीलाई करिब ५ लाख रुपियाँ बराबरको रगत जाँच गर्ने एनालाइजर मेशीन सहयोग गरेको छ । साधारणसभाको अवसरमा सहकारीमा असल कारोबार गर्ने सदस्य, ज्येष्ठ नागरिकलाई सम्मान तथा एसइइ तर्फ जेहन्दार विद्यार्थी छात्रवृत्ति वितरण गरेको छ । 

सहकारीले उत्कृष्ट कर्जातर्फ अशोकसिं ठकुरी, सन्तोष बानियँ, रामकुमार वि.क., अमिता गोपाली र अमृत लामा सम्मानित भएका छन् भने बचतकर्तातर्फ चनमाया छुमी, सन्तबहादुर गोले, शर्मिला भोम्जन, सुरेन्द्रराज जोशी र लक्ष्मी विक सम्मानित भएका हुन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif