Saturday, 27th July, 2024
वि.स.

राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबलको तयारी पूरा

मकवानपुर थाहा नगरपालिकाको आयोजनामा १४ जेठबाट हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम मेयर कप भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । १३ जेठमा नगरपालिकामा पत्रकार सम्मेलन गरी नगरपालिकाले यस्तो जानकारी दिएको हो । 

नगरस्तरिय अन्तर माध्यमिक तहका संस्थागत ४ र सामुदायिक ११ गरी जम्मा १५ वटा विद्यालयको सहभागीता रहने प्रतियोगिता १४ जेठ बिहान ११ बजे  जनकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा उद्घाटन हुने कायृक्रम तय भएको छ । प्रतियोगिताको लागि शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीको संयोजकत्वमा १ बाल सदस्य सहित  ७ जनाको खेल सञ्चालन समिती गठन भएको छ । प्रतियोगिताको लागि ४ लाख रुपैयाँको लागत अनुमान गरिएको छ ।  बालबालिकाको शिक्षाको साथसाथै अतिरिक्त क्रियाकलापमा समेत निपुण बनाइ स्थानिय तथा राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता सञ्चालन समितिका संयोजक रेग्मीले पत्रकार सम्मेलनमा बताए । 

मेयर कप भलिबल प्रतियोगिता छात्र छात्रा अन्तर्गत मार्चपास तथा मेयर कप र राष्ट्रपति रनिङ शिल्ड खेलकुद  प्रतियोगिता अन्तर्गत छात्र छात्रा दौड, छात्र दौड, रिले दौड, हाइजम्प, लङ्जम्प, त्रिपल जम्प, सटपुटलगायतका खेलहरु हुनेछन् । मार्चपास तथा मेयरकप भलिबल प्रतियोगिताको अंक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जोडिने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।  प्रतियोगिता १४ देखि १६ गतेसम्म सञ्चालन हुने छ । 

प्रतियोगितामा मेयरकप भलिबल प्रतियोगितामा प्रथमलाई १५ हजार, कप, मेडल र प्रमाणपत्र, द्वितीयलाई १० हजार कप, मेडल र प्रमाणपत्र र तृतीयलाई ५ हजार, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथमलाई २० हजार, शिल्ड, मेडल, प्रमाणपत्र, द्वितीयलाई १५ हजार, शिल्ड, मेडल, प्रमाणपत्र र तृतीयलाई १० हजार, शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

खेलमा विद्यालयले यस शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीलाई मात्र सहभागी गराउनु पर्ने तर २०७५ सालमा एसइइ दिएका विद्यार्थीलाई सहभागी गराउन नपाउने भएको छ । पत्रकार सम्मेलनमा नगरस्तरिय खेलकुद विकास समितिका संयोजक राजेश के सी, स्वयंसेवक खेलकुद प्रशिक्षक राजिव स्याङ्तान, प्रतियोगिता संचालन समितीका सदस्यहरु सुरेन्द्रमान प्रधान, सानोभाइ कार्की, सदस्य सचिव अनिल लामिछाने र विभिन्न संचारमाध्यमका पत्रकारहरुको सहभागिता रहेको थियोे ।
 



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।