Monday, 24th August, 2026
वि.स.

थाहानगरमा रहेका गुजार चलाउन गाह्रो भएकाहरुको विवरण संकलन शुरु

थाहा नगरपालिकाले हालको लकडाउनको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्ति÷परिवारहरुको पहिचानका लागि विवरण संकलन शुरु भएको छ ।

यस्तो विवरण संकलनको लागि नगरका सबै वडा कार्यालयहरुलाई परिपत्र गरिएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । गृह मन्त्रालयबाट स्थानीय तहहरुलाई परिपत्र भए बमोजिम गुजारा चलाउन नसक्ने व्यक्ती तथा परिवारहरुलाई राहत वितरणको लागि विवरण संकलन थालिएको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । 

विवरण संकलन पश्चात् अन्य कार्य गृह मन्त्रालयको निर्देशन अनुसार संचालन हुने  कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय थाहा नगरपालिकाले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०