Monday, 24th August, 2026
वि.स.

थाहानगरमा माइकिङको जिम्मा वडालाई

थाहा नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामको लागि नगरपालिकाले गर्दै आएको माइकिङको जिम्मा वडा कार्यालयहरुलाई दिइएको छ । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालयले सुरक्षाकर्मीहरुसंगको समन्वयमा वडापालिकाहरुबाटै सचेतनामुलक माइकिङ गर्दा प्रभावकारी हुने भएकोले यस्तो निर्ण गरेको हो । यस अघि दैनिक रपमा थाहा नगरपालिकाले सबै वडाका लागि सुरक्षाकर्मीसंगको समन्वयमा माइकिङ गर्दै आएको थियो । माइकिङका लागि वडाहरुमा सचेतनामुलक सन्देश अडियो तथा सामाग्रीहरु पठाइसकेको सचिवालयका संयोजक विवेक विडारीले जानकारी दिए ।

सचिवालयले गरेको निर्णयका आधारमा वडा जनप्रतिनीधि यस सचेतनामुलक कार्यमा खटिने थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिए ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०