Saturday, 29th August, 2026
वि.स.

थाहानगरमा प्रचण्‍ड-माधव समूहको नेपाल बन्द [हेर्नुहोस् फोटोफिचर]

संवैधानिक निकायमा सरकारले पदाधिकारी नियुक्ति गरेको  विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड(माधव समूहले २२ माघमा नेपाल बन्द गर्‍यो ।

बन्दका कारण लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन, पसल, उद्योग धन्दा, कार्यालय, शैक्षिक संस्थाहरु बन्द रहे । जरुरी कामले यात्रा गर्नुपर्ने सर्वसाधारण, मजदुर, विद्यार्थीलगायतकाहरु बन्दका कारण प्रभावित भएका थिए । थाहानगरका सरकारी कार्यालय भने आंशिक खुलेपनि सेवाग्राहीहर पुगेनन् । कार्यालयहरु बन्द गराउन बन्दकर्ताहरु नै पुगेका थिए । 

नेकपा कार्यकर्ताले सडकमा नाराबाजी र प्रदर्शन गरेका छन् । उनीहरुले सवारी साधन रोकेका थिए भने पसलहरु बन्द गराएका थिए । उनीहरुले सडकमा टायर बालेर प्रदशृन गरे । 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०