Wednesday, 26th August, 2026
वि.स.

थाहानगरमा पर्यटन गुरुयोजना प्रस्तुतिकरण

मकवानपुर थाहा नगरपालिकाको पर्यटन गुरुयोजनाको विषयमा वृहत्त छलफल सहित प्रस्तुतिकरण भएको छ । नगरपालिकाले निर्माण थालेको पर्यटन गुरुयोजनाको विषयमा ७ माघमा विकास घर शिखरकोटमा छलफल भएको हो । थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीको सभाध्यक्षतामा भएको प्रस्तुतिकरण कार्यक्रममा पूर्व स्थानीय विकास अधिकारी तथा स्थानीय शासन विज्ञ भुवन प्रकाश विष्ट र गुरु योजना निर्माणमा संलग्न विज्ञ डाक्टर तारालाल श्रेष्ठले सहजीकरण गरेका थिए ।

कार्यक्रममा नगरको पर्यटन गुरु योजनामा समेटिएको विषयवस्तु, पर्यटकीय क्षेत्र, योजनालगायतको विषयमा प्रस्तुतिकरण गरिएको थियो । थाहालाई पर्यटकीय नगरीको रुपमा विकास गर्नका लागि जनप्रतिनीधिहरुले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा थाहा नगरपालिकाका सामाजिक विकास समितिका अध्यक्ष एवं थाहा–११ का वडा अध्यक्ष किरणमान बलले गुरुयोजनामा समेटिएका नगरको पर्यटकीय हवहरुको विकासका लागि योजनावद्ध रुपमा कमजोर पक्षलाई सबल बनाउँदै लैजानूपर्ने धारणा राखे । 

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा नगरपालिकाका कर्मचारहिरुको सहभागिता रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif