Thursday, 20th August, 2026
वि.स.

थाहानगरमा नेपाली टोपी दिवस मनाइदै

विगत ५ बर्ष देखि जनवरी १ का दिन पारेर मनाउँदै आएको नेपाली टोपी दिवस यो बर्ष पनि मनाउने तयारी भैरहेको छ । विगतमा काठमाडौ लगायतका क्षेत्रहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउँदै आएको यो दिवस यो बर्ष पर्यटकीय नगरी थाहामा पनि भव्यताका साथ मनाइने भएको छ ।

विभिन्न समाजिक कार्य र अभियानहरु संचालन गर्दै आइरहेको लियो क्लब अफ पिस थाहाले पौष १७ गते पाँचौ नेपाली टोपी दिवस मनाउने तयारी गरिरहेको लियो क्लब अफ पिस थाहाका अध्यक्ष अनित बिष्टले जानकारी दिए । ‘नेपाली टोपी, नेपालीको      पहिचान’ भन्ने मुल नाराका साथ पाँचौ नेपाली टोपी दिवस मनाउन लागिएको बिष्टले बताए । २०६२/६३ को जनआन्दोलन पछि बनेको सरकारले दौरासुरुवाल, टोपी र गुन्युचोलोलाई राष्ट्रिय पोसाकबाट हटाएपछि हालसम्म देश राष्ट्रिय पोसाक बिहिन रहेको अवस्थामा पुनः यसको पहिचान, स्थापना र संरक्षण गर्न विगत ५ बर्ष देखि यो दिवस मनाउँदै आएको छ । 

थाहामा पाँचौ नेपाली टोपी दिवस प्रभातफेरी सहित मनाउने कार्यक्रम रहेको छ । लियो क्लब अफ पिस थाहाले थाहामा सकृय रहेका विभिन्न संघसंस्थाको सहयोगमा कार्यक्रम आयोजना गर्न लागेको क्लबका सचिब गणेश खत्रीले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif