Friday, 26th June, 2026
वि.स.

थाहानगरमा अटोको दादागिरी कायमै, झन क्षमताभन्दा बढि यात्रु बोक्न थाले

थाहा नगरपालिका क्षेत्रमा संचालनमा रहेका अटोहरुले मनलाग्दी भाडा असुली रहेको खबर आइरहेको सन्दर्भमा थप अर्को जोखिम बढेको छ । अटो चालकहरुले सावरीको क्षमताभन्दा बढि यात्रु बोक्न थालेका छन् । अहिले नगरमा संचालनमा रहेका अधिकांश अटोहरुको यात्र् क्षमता तीनजना रहेको भएपनि ८ जनासम्म यात्रु बोकेको पाइएको छ । 

अटोमा चालक बस्ने सिटमा समेत अरु २ जना यात्रु रराख्ने गरेको पाइएको छ । धेरै पैसा कमाउने निहुँमा जात्रुको ज्यान नै धरापमा राखेर यात्रा गर्न बाध्य छन् । एक यात्रुले भने–‘किन यति धेरै यात्रु राखेको भनेर प्रश्न गर्दा, त्यसोभए तपाई सप्पैको पैसा दिनूस्, तपाइलाई मात्र बोक्छु भनेर चालकले जवाफ लाए ।’ 
पालुङ प्रहरी चौकी पुगेपछि यात्रु ठीक्क बोक्ने र पुल पारी पुगेर खँचाखँच बनाइन्छ । यता, अटो चालकहरुले नेपाल बैंकबाट यात्रु खाँदेर शिखरकोटतिर जाने गरेको देखिएको छ । 

पछिल्लो समय क्षमता भन्दा बढि यात्रु बोक्न थालेको अटो दुर्घटना भए यात्रु बीमाको सवाल समेत उठ्न थालेको छ ।  यात्रुलाई जोखिममा राख्दै बढि भाडा असुलीरहेको अटोलाई नियमन गर्ने निकाय, ट्राफिक प्रहरी र थाहा नगरपालिकाले कारबाही गर्न हिच्किचाएको स्थानीय यात्रुहरुको आरोप छ । 

र, यो पनि पढ्नुहोस्:

यस्तो छ थाहानगरमा अटोको दादागिरी, भाडामा मनपरी



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०