Thursday, 20th August, 2026
वि.स.

थाहानगरको दम्कीमा आइचर दुर्घटना 

मकवानपुर थाहा नगरपालिकाको आग्रा डाँडाबासबाट पालुङतर्फ आउँदै गरेको आइचर ट्रक थाहा नगरपालिका वडा नम्बर ३ दमारमा दुर्घटना भएको छ । २० पौष साँझ साँढे ५ बजे बा ३ ख १४३८ नम्बरको ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा परी मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ५ का ठाकुर सिंह गुरुङ गम्भीर घाइते भएका छन् भने अरु २ जना सामान्य घाइते भएका छन् । सामान्य घाइतेहरुको पालुङ स्वास्थ्य केन्द्रमा उपचार भएको छ । 

घटनामा परी गम्भीर घाइते भएका गुरुङको उपचारको लागि काठमाण्डौं पठाइएको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख विरेन्द्र कुमार पासवानले जानकारी दिए । आइचरको सवारी चालक  र सहचालक फरार रहेको पालुङ प्रहरीले जानकारी दिएको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif