Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको एउटै वडाका २ सहित ४ जनामा कोरोना संक्रमण [को कहाँबाट आए ?]

corona-Update-1600009891.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ३ का दुईसहित ४ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडामा पिसिआर गरिएको वडा नम्बर ३ का ४० र ४६ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो भने वडा नम्बर २ का ४९ वर्षिय पुरुष र वडा नम्बर ७ का ३३ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको डाक्टर सुबोध चापागाईले जानकारी दिए । 

संक्रमण पुष्टि भएका वडा नम्बर ३ का दुईजना रौतहटबाट आएका हुन् । उनीहरु केहीवर्ष अघिबाट थाहानगरको वडा नम्बर ३ मा सिरक डस्ना बनाउने काम गर्दथे । यसपटक पनि उनीहरु रौतहट स्थित आफ्नो घरमा गएर आएका थिए । उनीहरु २१ भाद्रमा थाहानगर क्वारेनिटनमा भर्ना भएका थिए भने २६ भाद्रमा स्वाब संकलन गरी हेटौंडा पठाइएको थियो । 

यसैबीच वडा नम्बर २ र ७ का दुई पुरुष भने हेटौंडाबाट आएका हुन् । उनीहरु १८ साउनमा अवैध लागू औषध गाँजा ओसारपसारमा संलग्न भएको आरोपमा चित्लाङबाट पक्राउ परेका थिए । उनीहरुको हेटौंडामा पिसीआर गरिएकोमा रिपोर्ट नेगेटिभ आएपछि थाहानगर आएका हुन् । २२ भाद्रमा क्वारेन्टिमा भर्ना भएका उनीहरुको २६ भाद्रमा स्वाब संकलन गरी हेटौंडा पठाइएको स्टाफ नर्स रमिता भुजेलले बताइन् । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०