Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको ऋषेश्वरमा संकलित भेटीले प्रतिक्षालय बनाइने

थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको ऋषेश्वर महादेव मन्दिरमा २४ हजार ५ सय रुपियाँ भेटी संकलन भएको छ ।  फागुपूर्णिमाको अवसरमा मन्दिरमा लागेको मेलाका अवसरमा यति भेटी संकलन भएको सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार चित्रबहादुर बस्नेतले जानकारी दिए ।

मन्दिरमा संकलन भएको भेटी पुजारीलाई हस्तान्तरण गरिएको बस्नेतले जानकारी दिए । संकलित भेटीले प्रतिक्षालय निर्माण गरिने बतायएको छ । 
मेला व्यवस्थापनका लागि थाहा कला केन्द्रले स्वयंसेवक खटाएको र आवश्यक व्यवस्थापकीय सहयोग प्रहरी तथा सामुदायिक प्रहरी सेवा केन्द्र पालुङले गरेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०