Thursday, 27th August, 2026
वि.स.

थाहानगरका अपाङ्गता भएकालाई सीपमुलक तालिम

मकवानपुर थाहा नगरपालिकाका १३ जना अपाङ्गता भएकाहरुले सीपमुलक तालीम लिएका छन् ।  नगरपालिकाको सामाजिक विकास शाखाको आयोजनामा भएको स्वरोजगार मुलक तालीममा उनीहरुले  बाँसको मुडा बनाउन सिकेका हुन् । 

थाहानगरको शिखरकोटमा रहेको विकास घरमा सात दिनसम्म संचालन भएको तालिम १९ असारमा सकिएको छ । थाहा नगरपालिका सामाजिक विकास शाखाका संयोजक तथा थाहा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष किरणमान बलको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा तालिम लिएर यसको सदुपयोग गर्न सिपसिकेकाहरुलाई अनुरोध गरे । स्थानीय सरकारको बजेटबाट संचालन भएको तालिमले फरक क्षमता भएकाहरको आम्दानकिो बाटो खोलेको बताए । तालिममा सिकेको सिपलाई व्यवसायिकरण गरिदिनका लागि नगरपालिका सदैभ सकरात्मक रहेको संयोजक बलको भनाइ थियो । 
  
कार्यक्रममा अपांगता भएका व्यक्तिहरुको क्षमता तथा सिपमा थप नयाँ उर्जा दिनका लागि सीपमुलक तालीम आयोजना गरिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमूख अनिल लामिछानेले बताए । नगरपालिकाले अघिल्लो वर्ष पनि बाँसको मुडा बनाउने तालिम गराएको थियो ।  
कार्यक्रममा थाहा नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख शशीकला सम्बाहाम्फे, थाहा नगरपालिका वडा नं ४ का सदस्य सोनिया सुनारलगायतको उपस्थिति रहेको थियो । तालिमका सहभागीहरुलाई रामचन्द्र राईले सात दिनसम्म सीप सिकाएका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif