Sunday, 30th August, 2026
वि.स.

थप ८ जना कोरोना संक्रमित डिस्चार्ज

biratnagar-1588927917.jpg

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट निको भएर ७ जना नेपाली र एक जना भारतीय नागरिक शुक्रबार विहान डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज भएकामध्ये एक महिलासहित पाँचजना उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका हुन् । २ जना भने विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन । एक जना भारत दिल्लीबाट आएका जमाती हुन् ।

उनीहरुको लगातार दुई पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डा. संगीता मिश्राले बताइन् ।

डिस्चार्ज भएका सबैलाई ८ वैशाखमा कोरोना संक्रमण देखिएको थियो ।

निको भएकाहरुको विदाइ गर्न शुक्रबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोना उपचार केन्द्रमा पुगेका थिए । संक्रमण मुक्त भएकाहरुबाट थप जोखिम हुने भएकाले १४ दिन क्वारेन्टाइनमा राखिने उनले बताए ।

बुधबार कोरोना उपचार केन्द्रबाट ६ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए । डिस्चार्ज भएकाहरुलाई विराटनगर– १५ मा रहेको रानी मर्कजमा राखिएको छ ।

यो सँगै नेपालभर कोरोना संक्रमण पछि निको हुनेको संख्या ३० पुगेको छ । ३० मध्ये तीनजनाको रिपोर्ट पुनः पोजेटिभ आएका कारण अस्पताल भर्ना भएका छन् ।नेपालमा कोरोना संक्रमितको संख्या हालसम्म १०१ रहेको छ ।

विराटनगरको कोरोना अस्पतालमा एक समय ३१ जना कोरोना संक्रमित भर्ना भएका थिए । अब १७ जना उपचाररत छन ।उपचारमा रहेका सबैको अवस्था सामान्य रहेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. मिश्राले बताइन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०