Sunday, 30th August, 2026
वि.स.

थप १८० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

gautam-1594032599.jpg

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४  पुगेको छ। सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको हो।आइतबार मात्रै २९२ जनामा कोरोना संक्रमण देखिएको थियो।

मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५  रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा २६४ थप कोरोना जितेर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार निको हुनेको संख्या ६ हजार ८११ जना पुगेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०