Saturday, 15th August, 2026
वि.स.

त्रिभूवन आर्मीलाई अन्तराष्ट्रिय गोल्डकप उपाधि

त्रिभुवन आर्मी क्लबले हेटौँडामा सम्पन्न अन्तराष्ट्रिय गोल्डकप फुटबलको उपाधि जितेको छ । २३ पौषमा भएको फाइनलमा मनाङ मस्र्याङदीलाई २–० ले हराउँदै आर्मीले प्रतियोगिताको उपाधि जितेको हो । 

आर्मीलाई जित दिलाउन भरत खवास र सन्तोष तामाङले गरेको १/१ गोल नै निर्णायक बन्यो । उपाधिसँगै आर्मीले नगद ५ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता मनाङ मस्र्याङ्दीले ३ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिता हेटौँडाको फेरेष्टि खेल मैदानमा भएको थियो । 

प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका सन्तोष तामाङ म्यान अफ द म्याच भए ।  प्रतियोगिताभर सर्वोत्कृष्ट प्रर्दशन गरेका आर्मी मिडफिल्डर सन्तोष तामाङ सर्वोत्कृष्ट खेलाडी बन्दै ५० हजार नगद प्राप्त गर्दा आर्मीकै विकेश कुथु उत्कृष्ट गोलकीपर, आर्मीकै भरत खवास बेष्ट फरवार्ड, आर्मीका प्रशिक्षक नविन न्यौपाने बेष्ट प्रशिक्षक तथा  मनाङ मस्र्याङ्दीका विराज महर्जन बेष्ट डिफेन्डर हुँदै नगद १५–१५ हजार प्राप्त गरे । प्रतियोगिताकै अवसरमा सुमन भोम्जन पत्रकारिता पुरस्कारबाट पत्रकार प्रताप विष्टलाई १५ हजार ५ सय सहित सम्मानित गरिएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif