Wednesday, 26th August, 2026
वि.स.

त्रिभुवन राजपथलाई १६ मिटर कायम गर्ने प्रदेश सरकारको निर्णय


तीन नंम्बर प्रदेशको मन्त्री परिषद बैठकले हेटौंडाको मुख्य बजारको राजमार्गको सडक थप फराकिलो बनाएर बाईपास सडक पनि निर्माण गर्ने निणय गरेको छ । हेटौंडा क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथको सडकलाई सडकको दायाँ बायाँ १६–१६ मिटर कायम गर्ने र बाईपास सडकलाई राजमार्गको रुपमा विकास गर्नका लागि संघिय सरकारलाई अनुरोध गर्ने निणय गरेको हो । हेटौंडाको मुख्यबजार क्षेत्रलाई शहरी सडकको रुपमा बिकाश गरेर ४ लेनको सडक निर्माण गर्ने, त्यसमा ग्रिन बेल्ट (सडकको दायाँ बायाँ बगैचा) निर्माण गर्ने, फुटपाथ निर्माण गर्ने, सर्भिस ट्रयाक निर्माण र बाईपास सडक निर्माण गरेर राजमार्गका रुपमा बिकाश गर्ने निर्णय गरिएको हो । 

बाईपास सडक निर्माणका लागि तीन नंम्बर प्रदेश सरकारले चालु आर्थिक बर्षमा पाँच करोड रुपैयाँ छुट्याएको छ । यो रकमबाट खर्च गर्ने गरी डिपीआर बनाउने काम अन्तीम चरणमा पुगेको भौतीक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । उपमहानगरपालिका क्षेत्रको सडकलाई शहरी सडकका रुपमा अगाढी बढाउने गरी प्रदेश सरकार अगाढी बढेको हो । हेटौंडा क्षेत्रमा पर्ने राजमार्गलाई बैकल्पीक ब्याबस्था गर्नका लागि संघिय सरकारलाई अनुरोध गर्ने गरी तत्काल पठाईने मन्त्रीपरिषद श्रोतले जनाएको छ । 

शहरी राजमार्गका रुपमा विकास गरेपछि हेटौंडा क्षेत्रमा पर्ने पुर्ब पश्चिम राजमार्ग, त्रिभुवन राजपथ सडकको दायाँ बायाँ २५ मिटर भत्काउने भनेर सडक डिभीजन कार्यालय हेटौंडाले यसअघि सुचना जारी गर्दै आएको काम पनि ओझेलमा परेकोे छ । यसैगरी ५ फागुनकोे मन्त्रीपरिषद् बैठकले बहुप्राबिधिक महाँबिद्यालय स्थापना गर्नका लागि जग्गा प्राप्तीका लागि संघिय सरकारलाई अनुरोध गर्ने निणय गरिएको तीन नंम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रबक्ता कैलाश प्रसाद ढुंगेलले बताए । सिन्धुपाल्चोकको चौतारामा निर्माण गर्नका लागि यो अनुरोध प्रदेश सरकारले गर्न लागेको हो । त्यसैगरी प्रदेशको संगठन संरचना र दरबन्दी तेरिस स्वीकृती गर्ने सम्बन्धमा पनि निणय गरिएको बताए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif