Saturday, 4th July, 2026
वि.स.

तीस लाख किशोरीलाई आइरन चक्की

iron-1611384439.jpg

सरकारले किशोरीहरुलाई दोस्रो चरण अन्तर्गत आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरेको छ । दोश्रो चरणको कार्यक्रम अन्तर्गत माघ महिनाबाट किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरिएको हो । 

स्वास्थ्य सेवा विभागकाअनुसार किशोरीहरुलाई पहिलो चरणमा साउन, भदौ, असोज  र  दोस्रो चरणमा माघ, फागुन र चैतमा आइरन फोलिक एसिड चक्की खुवाउने गरिन्छ । सरकारले १० देखि १९ वर्ष उमेर समूहका करिब ३० लाख किशोरीलाई सो चक्की खुवाउने गरेको छ । 

यस चक्कीले किशोरीहरुमा हुने रक्तअल्पता लगायतका समस्याबाट बचाउन सहयोग गर्ने विभागले जनाएको छ । हाल  नेपालमा २२ प्रतिशत किशोरीमा रक्त अल्पताको समस्या देखिने गरेको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०