Sunday, 23rd August, 2026
वि.स.

तनहुँका विभिन्न ठाउँमा पहिरो : ६ जनाको मृत्यु, ६ बेपत्ता

tanahu-pahiro-1594629001.jpg

तनहुँका विभिन्न भागमा पहिरोले पुर्दा ६ जनाको ज्यान गएको छ। अरु ६ जना बेपत्ता छन्।

पहिरोमा पुरी ऋषिङमा एकै परिवारका १ को मृत्यु ४ जना बेपत्ता भएका छन्।  रिसिङ गाउँपालिका–८  भैसींकिलेमा गएराति गएको पहिरोमा परी एकै परिवारका पाँच वेपत्ता भएका थिए। प्रहरीका अनुसार राती करिब १ बजे घर माथिबाट पहिरो खस्दा आनबहादुर थापाको परिवारका ६ जना पुरिएकोमा आनबहादुरकी श्रीमती ज्योतिमाया थापालाई उद्धार गरेर उपचारका लागि पोखरा पठाइएको छ। 

पहिरोमा आनबहादुरका साहिला छोरा भेषबहादुर र भेषबहादुरकी श्रीमती नानुमाया, छोरा महादेव, छोरी अमिषा र मनिसरा थापा बेपत्ता भएका थिए।  जसमध्ये  भेषबहादुरको शव उद्धार टोलीले झिकेको गाउँपालिकाका दानबहादुर श्रेष्ठले जानकारी दिए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०