nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

डाँफे र कालोपानी सेमिफाईनल प्रवेश

हेटौँडामा जारी स्वर्गीय सुनिल रुम्बा स्मृती शक्तिश्वरी कप प्रतियोगितामा डाँफे युवा क्लव, चिसापानी र कालोपानी युवा समूह, हेटौँडा–१६ सेमिफाईनलमा प्रवेश गरेका छन् । आईतबार भएको पहिलो क्वाटरफाईनल खेलमा डाँफे युवा क्लव र एफ.्सी. मिलन कर्राले निर्धारित समयमा समान १– १ गोल गरेका थिए । त्यसपछि भएको ट्राईब्रेकरमा डाँफे युवा क्लवले एफ.्सी. मिलनलाई २ का बिरुद्ध ५ गोल गरि सेमिफाईनलको यात्रा पुरा गरेको हो । खेलको म्यान अफ दी म्याच डाँफे युवा क्लवका किपर किरण ढुङ्गेल भए ।
आईतबारै भएको अर्को क्वाटरफाईनल खेलमा कालोपानी युवा समूहले न्यू यूनिक युवा क्लव, हेटौँडालाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । कालोपानीका सूर्य वाईबाले निर्णायक १ गोल गरि म्यान अफ दी म्याच समेत भए ।
२१ टिम सहभागिता नकआउट फुटबल प्रतियोगिता शक्तिश्वरी युवा क्लब हेटौँडा–१७, चुरियामाई–भोर्ले कमानेले आयोजना गरेको हो । प्रतियोगिता अन्तरगत सोमतबार  क्वाटरफाईनल र सेमिफाईनल गरि दुई खेल हुने शक्तिश्वरी युवा क्लबका सचिव कुमार रुम्बाले जानकारी दिनुभयो ।
चुरेकालिका युवा क्लव ‘ए’, नयाँबस्ती बिरुद्ध चाईनाक्वाटर एफ.्सी. हेटौँडाबिच क्वाटरफाईनलको अन्तिम खेल हुनेछ । त्यस्तै, सेमिफाईनल चरणको पहिलो खेल डाँफे युवा क्लव, चिसापानी बिरुद्ध कोरस युवा क्लव, रातोमाटेबिच हुने बताईएको छ ।
प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो हुने टिमले शिल्ड, मेडल र प्रमाणपत्र सहित क्रमशः २५ हजार, १५ हजार र पाँच हजार रुपैँया पाउँनेछन् । त्यस्तै, प्रत्येक म्यान अफ दी म्याचले ट्रफी पाउँनेछन् भने उत्कृष्ट खेलाडी, किपर र सर्वाधिक गोलकर्ताले ट्रफी र प्रमाणपत्र पाउँने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा ऋद्धीसिद्धी सिमेन्ट उद्योग, हेटौँडा १७ रहेको छ ।