Wednesday, 26th August, 2026
वि.स.

ट्याक्टर पल्टिँदा बाबुको मृत्यु, छोरा घाइते

लमजुङको राइनास नगरपालिका–८ भैँसीखोलामा ग १ च ५६९४ नम्बरको ट्याक्टर पल्टिँदा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

२१ जेठमा जिल्लाको दोर्दी गाउँपालिका–१ बेलघारीबाट राइनास तीनपिप्ले जाँदै गरेको सो ट्याक्टर उक्त स्थानमा पल्टिँदा राइनास वडा नं ४ का ६० वर्षीय रामबहादुर कुमाल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

उनका अनुसार २८ वर्षीय एकबहादुर कुमाल घाइते भएका छन् । उनीहरु नाताले आफ्नै बाबु छोरा रहेको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालक छोरा रहेका थिए । प्रहरीका अनुसार ट्र्याक्टर अनियन्त्रित हुँदा पल्टिएर बाबु छोरा नै च्यापिँदा बाबुको मृत्यु भएको थियो । छोराको हातमा चोट लागेको छ । शव परीक्षण गर्न तथा घाइतेको उपचार गर्नका लागि बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पताल लमजुङमा ल्याइएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif