Monday, 24th August, 2026
वि.स.

झगडा छुट्याउन प्रहरीद्वारा पदमपोखरीमा हवाई फायर

हेटौंडा उपमहानगरपालिका–१३, पदमपोखरीमा गोली चलेको छ । राति करिब ११ बजेको समयमा स्थानीय मिलन चोक र सांगे टोलका युवाबीच विवाद बढेपछि प्रहरीले तीनराउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ‘दुई टोलका युवाहरूको विवादले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउन बाध्य भएको हो। युवाहरू मदिरा सेवन गरेर पान पसलमा झगडा गरेपछि छुट्याउन त्यहाँ पुगेको प्रहरीमाथि ढुंगा प्रहार र हातपात भएपछि बाध्य भएर हवाई फायर गरिएको हो’, प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले भने।

करिब ४० जनाको संख्यामा रहेका युवाबीच झगडा भहेको प्रहरीको अनुमान छ । ‘करिब ४० जना झगडा भएको स्थानमा दुई जना मात्र प्रहरीको उपस्थिति रहेको थियो। जसको कारण जँड्याहाहरूले प्रहरीलाई आक्रमण गरे,' राठौरले भने। आक्रमणबाट प्रहरीको भ्यानमा क्षति पुगेको उनले जानकारी दिए।

उनका अनुसार घटनापछि चारजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राति नै उक्त स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको र झगडामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०