Wednesday, 26th August, 2026
वि.स.

जोखिम न्युनिकरणमा रिफ्लेक्टका सहभागी सक्रिय

मकवानपुर भिमफेदी गाउँपालिका वडा नम्बर ९ मा जोखिम न्युनिकरणका लागि स्थानीयहरु आफै सक्रिय भएकाछन् । 

गाउँपालिकाको ९ नम्बर वडा स्थित लेकाली बसिफाँट मावि जाने बाटोमा पर्खाल भत्केका कारण जोखिम बढ्दै गएपछि सामुदायिक विकास केन्द्र नेपाल सिसिडिएनले झिरघारीमा संचालन गरेको रिफ्लेक्ट कक्षाका सहभागीहरुले निर्माणका लागि सहयोग जुटाएने भएका हुन् । पर्खाल निर्माणका लागि उनीहरुले ढुङ्गा, गिठ्ठी जुटाउन थालेका छन् । 

विद्यालयका बालबालिका दैनिक आवत जावत गर्ने बाटोमै पर्खाल भत्किएकोले निर्माण गर्नका लागि एडिसी, इसिएचओ, आइसीसीओ कोअपरेसन र केयर नेपालको सहयोगमा जाली उपलब्ध गराइने भएको शिब रुम्बाले जानकारी दिए । पर्खाल पूर्ण रुपमा निर्माण गर्नका लागि चार लाख रुपियाँ लाग्ने सिसिडिएनका प्राविधिकहरुले बताएकाछन् । 

दैनिक ४ सय भन्दा बढि बालबालिका आवत जावत गर्ने बाटोको वाल निर्माण गर्नका स्थानीयहरुबाट श्रमदान जुटाउन रिफ्लेक्ट कक्षाका सहभागीहरुले अनुरोध गरेका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif