Saturday, 15th August, 2026
वि.स.

जेठ १४ बाट थाहानगरमा मेयर कप भलिबल

tttttttaaaaa-1558073768.jpg

मकवानपुर थाहा नगरपालिकाले ११ औं गणतन्त्र दिवसको अवसरमा प्रथम मेयर कप भलिबल प्रतियोगिता गर्ने भएको छ । 

थाहानगरमा रहेका अन्तर माविस्तरीय मेयर कप भलिबल प्रतियोगिता यहि जेठ १४ देखि १६ गतेसम्म संचालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । प्रतियोगितामा छात्र र छात्रा दुवै भिन्दाभिन्दै  समूह बनाएर सहभागिता जनाउन सक्नेछन् ।  

प्रतियोगिता थाहा नगरपालिका वडा नं. ३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा हुने भएको छ । प्रतियोगिताको प्रथम, द्विती र तृतीय विद्यालयका छात्र÷छात्रा समूहलाई छुट्टाछुट्टै १५ हजार, १० हजार र ५ हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिने सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले जानकारी दिए । प्रतियोगितमा थाहानगरका ११ सामुदायिक सहित १६ विद्यालयले सहभागिता जनाउनेछन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif