Tuesday, 18th August, 2026
वि.स.

जया नारी शिक्षा कोषबाट ३८ विद्यार्थीलाई स्टेसनरी

उत्तरी मकवानपुरको थाहामा अवस्थित फरक सोचले जया नारी शिक्षा कोषबाट ३८ जना विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरेको छ । शैक्षिक सुधारका लागि निरन्तर प्रयासरत थाहा ३ घट्टेचौरमा रहेको जनकल्याण साधारण तथा प्राविधिक विद्यालयका कक्षा १ देखि ३ सम्मको ३८ छात्राहरुलाइ शैक्षिक सामग्री वितरण गरेको हो ।


डेढ बर्ष अघि स्थापना भएको जया नारी शिक्षा कोष बिशेषत “नारी शिक्षा सम्पुर्ण शिक्षा हुनेछ” भन्ने नाराका साथ कन्या शिक्षालाई प्रोत्साहित गर्न बनेको कोष मार्फत आफ्नो अभियानलाई निरन्तरता दिनका लागि अन्तर्राष्ट्रिय साक्षरता दिवसको पुर्वसंध्यामा शैक्षिक सामग्री वितरण गरेको फरक सोचका अभियान्ता जयन्ती रायमाझीले बताए ।
आफ्नो विद्यालयका छात्राहरुलाई शैक्षिक सुधारको लागि शैक्षिक सहयोग गरेको प्रति जनकल्याण मा.वि. का पाचार्य सानोभाई कार्कीले खुशी व्यक्त गरे ।
 



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Thaha-002-1774415222.gif