Sunday, 30th August, 2026
वि.स.

छुनै नमिल्ने कोरोना संक्रमितको कसरी हुन्छ उपचार ?

birami-1589787784.jpg

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल कोरोना भाइरस संक्रमितको उपचारमा फोकस छ । त्यही अस्पतालको आइसोलेसनमा छन् ५ जना कोरोना संक्रमित । एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो सर्ने भएकाले संक्रमितलाई छुन मिल्दैन । त्यसो हो भने डाक्टर र नर्सले कसरी उपचार गर्छन् भन्ने लाग्नु स्वाभाविक हो । 

१. कसरी उपचार गर्ने त ?

टेकु अस्पतालले आइसेलेसनमा विशेष सुविधाको व्यवस्था गरेको छ । एउटा आइसोलेसन कोठामा एक जना राखिएको हुन्छ ।  

उनीहरूको लक्षणका आधारमा उपचार गरिन्छ,अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले भने, ‘भाइरसको कुनै औषधि त छैन तर लक्षण कस्तो छ ? के समस्या छ रु त्यसको आधारमा औषधि दिने, नदिने निर्णय लिन्छौँ ।’

२. डाक्टर र नर्सले छुनैपर्छ
संक्रमितलाई नछोई उपचार गर्न सकिँँदैन । बिहान एक पटक डाक्टर, नर्सको टिमको राउण्ड हुन्छ । संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा डाक्टर, नर्सले फोनबाट जानकारी लिन्छन् । आफूलाई समस्या भएका संक्रमितले पनि फोनबाटै डाक्टर, नर्सलाई जानकारी गराउँछन् । 

‘संक्रमितको एलएफटी, आरएफटी, सीबीसी हेरेर त्यसको आधारमा उनीहरूको स्वास्थ्य कस्तो छ, मूल्याङकन गरिन्छु, उनले भने, ‘संक्रमितसँग डाक्टर र नर्सले फोन, भिडियोबाट कुरा गर्ने व्यवस्था पनि छ ।’

३. डाक्टर र नर्सले पीपीई लगाएर उपचार गर्छन्

संक्रमितलाई छोएर उपचार गर्नुपरेमा डाक्टर र नर्सले पीपीई लगाउँछन् । परीक्षणका लागि स्वाब निकाल्नुपरे, अक्सिजन र भेन्टिलेटरको प्रयोग गर्नुपरेमा डाक्टर र नर्सले पीपीई लगाउँछन् । 

४. रोबोटले पुर्‍याउँछ खाना, औषधि र पानी

टेकु अस्पतालमा संक्रमितका लागि औषधि, पानी र खाना रोबोटले पुर्‍याउँछ । धेरै भेटघाट नगर्दा उपयुक्त हुने भएकाले रोबोट राखिएको हो । यसले डाक्टर, नर्स र संक्रमितलाई सहज बनाएको छ । 

५. रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज

संक्रमितको रिपोर्ट नेगेटिभ नआएसम्म अस्पतालमै राखेर उपचार गरिन्छ । २ पटक नेगेटिभ आएपछि मात्र डिस्चार्च गरिने निर्देश डा। राजभणडरीले बताए । डिस्चार्ज भएको अर्को हप्ता परीक्षणका लागि फेरि पीसीआर परीक्षण गरिन्छ । घर गएर पनि कम्तीमा १४ दिन क्वारेन्टाइनमै बस्नुपर्ने हुन्छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०