Wednesday, 26th August, 2026
वि.स.

चोरीको मोटर साईकलसहित मकवानपुरका थिङ पक्राउ

baaik-1556779295.jpg

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ का विकास थिङ् मोटरसाईकल चोरीको अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलनको आयोजना गर्दै पक्राउ परेका व्यक्ति र मोटरसाईकल सार्वजनिक गरेको हो ।


मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ घर भएका प्रविण बर्तौलाको बजार मूल्य रु ६ लाख १० हजार पर्ने ग ११ प ४९४७ नम्बरको क्रस फाएर मोटर साईकल हेटौंडा १५ स्थित पार्किङ गरेर राखेको स्थानमा हराएपछि उनले प्रहरीमा उजुरी दिएका थिए । बर्तौलाको उजुरी उपर खटिएको प्रहरी टोलीले बुधबार हेटौंडा १४ बाट मोटरसाईकल सहित थिङलाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले मोटरसाईकल चोरी गर्नेलाई कानूनी प्रावधान अनुसार ३ बर्ष कैद र रु ३० हजारसम्म जरिवाना हुनसक्ने बताए ।
उनले आवश्यक अनुसन्धान भईरहेको समेत बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif