Monday, 24th August, 2026
वि.स.

चित्लाङ–चन्द्रागिरी सडक नाका स्थानीयले बन्द गराए

काठमाण्डौंबाट मकवानपुर थाहा नगरपालिकामा भित्रने छोटो सडक मार्ग गणेशमान सिंह मार्ग (चित्लाङ–चन्द्रागिरी सडक) को चन्द्रागिरी नाका स्थानीयहरुले बन्द गराएका छन् । २३ चैत विहान चित्लाङमा भएको स्थानीयहरुको भेलाले यस्तो निर्णय गरेको थाहा–९ का वडा अध्यक्ष परशुराम श्रेष्ठले जानकारी दिए । 

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको उलंघन गर्दै राती–राती उक्त सडक हुँदै सवारी साधन चल्न थालेपछि जोखिम कम गर्न सडक बन्द गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

यो नाका हुँदै थाहानगर, तराई र हेटौंडा जानको लागि दैनिक हिँडेरै पनि सयौ मानिसहरु काठमाण्डौंबाट आउने गरेका छन् । नाकामा थाहा नगरपालिकाले स्वास्थ्य परीक्षणको लागि हेल्थडेस्क राखेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०