krishi-4-1744105937.jpg
Sunday, 20th April, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

चित्लाङमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने

स्वच्छन्द भैरव युवा क्लबको आयोजनामा विगतका वर्षमा झै यस वर्ष पनि जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता हुने भएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं ९ चित्लाङ माझगाउँमा यहि पौष २६ गते देखी प्रतियोगिता सुरु हुने भएको हो । भलिबल प्रतियोगिताको लागी टिम दर्ता यहि पौष २५ गते सम्म हुने आयोजक टिमका सचिव निर्मल बलामीले जानकारी दिए ।
वि. सं. २०५३ सालमा स्थापना भएको स्वच्छन्द भैरव युवा क्लबले आफ्नो स्थापनाकाल देखी नै निरन्तर रुपमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता संंचालन गर्दै आइरहेको छ ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।