Wednesday, 26th August, 2026
वि.स.

चलचित्र पत्रकार संघ मकवानपुरले दिने पत्रकारिता क-कस्ले पाउने भए ?

Prize-1557048597.jpg

चलचित्र पत्रकार संघ मकवानपुरले यो वर्ष प्रदान गर्ने राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी नवराज लम्साललाई पुरस्कृत गरिने भएको छ । संघ मकवानपुर शाखाको शनिबार बसेको बैठकले हरेक वर्षको जेठ ७ गते मनाउदै आएको चलचित्र पत्रकारिता दिवसको अवसरमा लम्साललाई पुरस्कृत गर्न लागेको हो ।

लम्साललाई प्रदान गर्ने पुरस्कारको राशी नगद १० हजार रहेको छ । सोही अवसरमा यो वर्ष चलचित्र पत्रकारिता पुरस्कारबाट मकवानपुरबाट नेपाल समाचार पत्रमा कलम चलाउदैं आएका सञ्चारकर्मी रोशन पराजुलीलाई पुरस्कृत गर्ने निणर्य गरेको छ । पराजुलीलाई दिने पुरस्कारको राशी ५ हजार रहेको छ । मकवानपुरमा जन्म भई राष्ट्रिय कलाकारितामा जम्न सफल कलाकारहरुलाई सम्मान स्वरुप हरेक वर्ष प्रदान गर्दै आएको चलचित्रकर्मी सम्मानबाट यो वर्ष नेपाली चलचित्रका द्धन्द निर्देशक ÷ कलाकार तथा निर्माता, निर्देशक राजेन्द्र खड्गीलाई सम्मान गर्ने निर्णय गरिएको संघका अध्यक्ष मणिराज गौतमले बताए ।

संघले गत वर्ष चलचित्र सम्मानबाट नायिका निता ढुङगाना, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट डब्बु क्षेत्री र चलचित्र पत्रकारिता पुरस्कारबाट रामकुमार एलनलाई पुरस्कृत गरेको थियो । भने यस अघि कलाकार भोलाराज सापकोटा, अमिर गौतम, सुशान्त कुमार श्रेष्ठलाई कलाकारिता सम्मान प्रदान गरेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif