nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 1st May, 2024
वि.स.
1000043965-1707579226.jpg

चर्चित क्रिकेटर लामिछाने सम्मानित

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरद्वारा आयोजित विद्यालयस्तरीय क्रिकेट प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका उनलाई आधा दर्जन संघसंस्थाले सम्मान गरेको हो । हेटौंडा स्कूल अफ म्यानेजमेन्ट, मकवानपुर बहुमुखी क्याम्पस, मदन भण्डारी स्पोर्टस् एकेडेमी, मकवानपुर क्रिकेट एशोसिएसन, तासिर ईङ्गलिस सेकेण्डरी बोडिङ्ग स्कूल, नवोदय शिशु सदन लगायतले उनलाई सम्मान गरेका थिए ।

हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले उनलाई सम्मान स्वरुप एक लाखको चेक प्रदान गरे । मदन भण्डारी स्पोर्टस् एकेडेमीले विद्यालयस्तरीय क्रिकेट प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उनलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले क्रिकेटर लामिछानेको प्रशंसा गरे । क्रिकेटर लामिछानेले सरकारसँग क्रिकेट क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।

नेपाली कम्यूनिष्ट पार्टी(नेकपा)का नेता श्रीधर पोखरेलको बिशेष आतिथ्य रहेको कार्यक्रममा मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरका अध्यक्ष नीरज सिंह ठकुरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय सदस्य तथा हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, उद्योगी अरुणराज सुमार्गी, राष्ट्रिय क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मदन भण्डारी फाउण्डेशनका कार्यवाहक अध्यक्ष आशाकाजी श्रेष्ठ, हेटौंडा ७ का वडा अध्यक्ष राजन थापा, मकवानपुर क्रिकेट एशोसिएसनका पूर्व अध्यक्ष बासुलाल श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो । त्यस्तै, मकवानपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले पनि लामिछानेलाई सम्मान गरेको छ । क्याम्पसका कार्यबाहक अध्यक्ष अनन्त पौडेलले उनलाई खादा ओडाएर सम्मान पत्र प्रदान गरेका थिए । त्यस्तै, मकवानपुर क्रिकेट एशोसिएसनले पनि क्रिकेटर लामिछानेलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको थियो ।

यसैबिच, हेटौंडाकै तासिर ईङ्गलिस सेकेण्डरी बोडिङ्ग स्कूल र नवोदय शिशु सदनले पनि चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई स्वागत् सम्मान गरेका थिए । क्रिकेटर लामिछानेसँग फोटो खिचाउन उनी पुगेको क्याम्पसहरु र विद्यालयहरुमा बिद्यार्थीको भिड नै लागेको थियो ।