Thursday, 27th August, 2026
वि.स.

गोले तामाङ बंश उत्थान समाज इन्द्रसरोबरको अध्यक्षमा बिरेन्द्र 

गोले तामाङ बंश उत्थान समाजको इन्द्रसरोबर गाउँपालिकाको गाउँ इकाई कमिटीको २१ वैशाखमा गठन भएको छ । बिरेन्द्र गोले तामाङको अध्यक्षतामा १७ सदस्यीय नया कार्यसमिति गठन गरिएको छ ।

तामाङ समुदायभित्र गोले थरका वंशहरुलाई एकीकृत गराउने उद्धेश्यका साथ स्थापना गरिएको समाज संघीय संरचना अनुसार स्थानीय तहमा समेत गठन गर्ने अभियान शुरु गरेको समाजको जिल्ला अध्यक्ष राजकुमार गोलेले बताए । समाजको गाउँ इकाई कमिटीको उपाध्यक्षमा मनोजकुमार गोले, सचिबमा भरत गोले, कोषाध्यक्षमा झिल्के गोले, सहसचिबमा दिलबहादुर गोले चयन भएको छ । त्यस्तै सदस्यहरुमा सुरेस कुमार गोले, कुमार बहादुर गोले, जितबहादुर गोले, इश्वर गोले, सानुकान्छा गोले, बुद्ध गोले, रेशम गोले, पूर्ण गोले, श्याम गोले, दिनेश गोले, शुस्मा गोले, सुबाश गोले लगायतको रहेको छ ।

गोले तामाङ बंश उत्थान समाजको केन्द्रिय सदस्य शुभरत्न गोलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिरेन्द्र गोलेको अध्यक्षतामा भएको हो । त्यस्तै जिल््ला अध्यक्ष राजकुमार गोले, सचिब रोशन गोले, सदस्य कुमार गोले लगायतको उपस्थिति रहेको थियो ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif