Thursday, 3rd September, 2026
वि.स.

गणेश थापाले किन दिए राजिनामा ?

मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा पराजित हुनु परेको भन्दै राप्रपा जिल्ला अध्यक्ष गणेश थापाले राजिनामा दिएका छन् ।

राप्रपा मकवानपुरका अध्यक्ष थापाले पदबाट राजिनामा दिएका हुन् । थापाले १४ पौषमा फेसबुक मार्फत आफ्नो आधिकारिक धारणा ब्यक्त गर्दै उनले राजिनामा दिए । कमल थापालाई मकवानपुरबाट विजय गराउनन नसकेको सम्पूर्ण जिम्मेवारी आफैले लिँदै उनले राजिनामा दिएका हुन् ।

उनले भने ‘राप्रपा अध्यक्ष कमल थापालाई निर्वाचन जिताउन नसकेको नैतिक सम्पुर्ण जिम्मेवारी म लिन तयार छु ।’ उनेले भनेका छन्–‘नैतिक रुपमा पार्टी अध्यक्षबाट मैले राजिनामा दिए पनि पार्टी कार्यकर्ताको संरक्षणको निमित्त म सदैव तयार छु ।’

निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण मतदाता प्रति थापाले आभार व्यक्त गरेका छन् । उनले पुर्व सहमती अनुसार दिएको राजीनामा आएकोप्रति कोहि कसै कार्यकर्तालाई बिचलित नहुन आग्रह गरेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif