Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

धादिङमा खुर्पाले हानेर वृद्धको हत्या, टाउको झोलामा लिएर प्रहरीसामु आत्मसमर्पण

dh-1599202374.jpg

बिहीबार राती धादिङको नीलकण्ठ नगरपालिका ३ खल्चेतमा एक वृद्धको खुर्पाले हानेर हत्या भएको छ । नीलकण्ठ १३ स्थित खल्चेतका २३ वर्षीय राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको खुर्पाले हानेर हत्या गरेका हुन् ।

हत्यापछि मृतकको टाउको छिनालेर झोलामा हाली राजुले डेढ घण्टा पैदल यात्रा गरेर जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । केही दिनअघि खलचेतमा आत्महत्या गरेका एक व्यक्तिको १३ दिने कर्मकाण्डमा पितृप्रसाद खाएर फर्किरहेका सोमबहादुर र राजुको बाटोमा जम्काभेट भएपछि विवाद उत्पन्न भएर हत्यासम्म पुगेको स्थानीयले जानकारी दिए ।

२ जनाको जम्काभेट भएपछि पारिवारिक कुराहरु जोडेर विवाद सुरु भएपछि घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी सरोज राइले जानकारी दिए । घटनालगत्तै प्रहरीले मुचुल्का गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०