Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा क्वारेन्टाइन तथा आइसोलेशन तयारी अवस्थामा राख्न अनुरोध

makawanpur-1617357413.jpg

 जिल्ला प्रशासन कार्यालय मकवानपुरको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि मकवानपुरमा सञ्चालनमा आएका क्वारेन्टिन तथा आइसोलेशन तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।

शुक्रबार  प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको नेतृत्वमा बसेको व्यवस्थापन केन्द्रको बैठकले कोभिड-१९ को संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै यसअघि सञ्चालनमा आएका क्वारेन्टिन तथा आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्न सबै स्थानिय तह र हेटौंडा अस्पताललाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले संक्रमण फैलिन नदिन विद्युतीय माध्यमबाट चेतनामूलक सन्देश प्रसारण गर्ने व्यवस्था समेत मिलाउने निर्णय गरेको छ ।

बैठकले मेला, महोत्सव, नयाँ वर्ष जस्ता चाडपर्वहरुमा भिडभाड नगर्न, नगराउन तथा सबैले जनस्वास्थ्यको मापदण्डहरु कडाईकासाथ पालना गर्न, गराउन सबैमा अनुरोध गर्ने निर्णय गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०