Wednesday, 26th August, 2026
वि.स.

कोरोना संक्रमित महिलाको मृत्यु, मृत्युपछिको रिपोर्ट नेगेटिभ

corona-death-1600069317.jpg

 वीरगञ्जमा कोरोना संक्रमण भई उपचाररत एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-१० की ५५ वर्षीया महिलाको मृत्यु भएको हो ।

नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा आइतबार दिउँसो २ : ५५ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

कोभिड निमोनियका कारण लामो समयसम्म आईसीयुमा उपचाररत उनलाई शनिबार भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमै उनको मृत्यु भएको थियो ।

नारायणीमा उपचारको क्रमममा भदौं १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई गण्डक कोभिड अस्पतालमा सारिएको थियो । २२ गते गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ नै आएको थियो ।

दुवै फोक्सो सुकिसकेको उनको एक्युट रेस्पाईर्‍याटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) अर्थात श्वासप्रश्वास प्रणाली फेल भएर मृत्यु भएको गण्डक कोभिड अस्पतालले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif