Sunday, 23rd August, 2026
वि.स.

कोरोना रोकथामका लागि मकवानपुरमा नयाँ नियम [भदौ २६ बाट लागूहुने नियम पढनुहोस]

मकवानपुरमा २६ भाद्रदेखि नयाँ नियम लागू भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आदेश जारी गर्दै नयाँ नियम लगाएको हो । 

होटल तथा रेष्टुरेन्ट पूर्ण रुपमा बन्द गरिने तर टेक वे सेवा भने विहान १० बजेबाट ३ बजेसम्म सञ्चालनको अनुमति दिईएको छ । जिल्ला भित्रका सार्वजनिक सबारीसाधनलाई अर्को सूचना जारी नभइन्जेलको लागि बन्दनै गरिएको छ भने नीजि सबारीलाई जोरविजोर प्रणालीमा सञ्चालन गर्ने ब्यवस्था गरिएको छ । 

सहकारीको हकमा भने फिल्डमा कर्मचारी जान नपाउने भएका छन् । उद्योग सञ्चालन गर्नुपरेको अवस्थामा सम्वन्धित उद्योगले सो उद्योग परिषरमानै आफ्ना श्रमिक तथा कर्मचारी राख्नुपर्ने ब्यवस्था गरिएको छ । बैठकले पशुपन्छिको विक्रि वितरण पनि खुल्ला भएको यो निर्णय असोज ५ गतेसम्म लागु हुनेछ ।

हेर्नुहोस विस्तृतमाः

  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif