Sunday, 30th August, 2026
वि.स.

कोरोनाबाट बच्न पुर्व तयारीका लागि इन्द्रसरोवरमा छलफल

IMG_20200318_064653-1584493333.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सुरक्षित रहन पुर्व तयारी स्वरुप छलफल तथा अन्तरक्रिया गरेको छ । इन्द्रसरोवर गाउँपालिकलाई कोरोनाबाट कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा गाउँपालिका भित्रका स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्य कर्मिहरु सँग छलफल गरिएको हो । सोमबार भएको कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष जीवन लामाले पुर्व तयारीका लागि के के चाहिन्छ सबै कुराको योजना बनाएर अघि बढ्न निर्देशन दिनुभयो । जसका लागि बजेट कहाँबाट आउँछ भन्ने कुराको चिन्ता नगरी आवश्यक तयारीमा लाग्न आग्रह गर्नु भयो ।

कार्यक्रममा यहि चैत्र १५ गते देखि २३ गते सम्म इन्द्रसरोवरमा सन्चालन गरिने दादुरा रुबेला विरुद्धको खोप अभियानका विषयमा समेत छलफल गरिएको थियो । अभियानमा कुनै पनि बालबालिका खोप लगाउनबाट छुट्न नहुने र नछुटाउनका लागि के के गर्नु पर्ने हो र कति स्वास्थ्यकर्मी खटाउनु पर्ने कुरामा व्यवस्थापन गर्न स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई अनुरोध गर्नु भयो ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।

IMG_20200318_064653-1584493336.jpg