Sunday, 30th August, 2026
वि.स.

कोरोनाको बिरामीमा हाइड्रोक्सिक्लोरोक्विन र एचआईभीको औषधिको प्रयोग बन्द

222-1593938790.jpg

 विश्व स्वास्थ्य सङ्गठनले शनिबार कोरोना सङ्क्रमित व्यक्तिमा हाइड्रोक्सिक्लोरोक्विन र लोपिनाभिरररिटोनाभिर औषधिको प्रयोग बन्द गर्न लागिएको जनाएको छ ।    
मलेरियाको उपचारमा प्रयोग आउने हाइड्रोक्सिक्लोरोक्विन र एचआईभी सङ्क्रमितलाई दिइने लोपिनएभिर–रिटोनाभिर औषधिबाट कोरोना सङ्क्रमितको मृत्युदर नरोकिएको कारण यस्तो निर्णय लिएको विश्व स्वास्थ्य सङ्गठनले बताएको बीबीसीले जनाएको छ । 

कोरोना सङ्क्रमितको उपचारको लागि विभिन्न खोप र औषधि परीक्षणमा यो औषधिलाई एक आशाको रुपमा हेरिएको थियो तर त्यो सफल हुन सकेन । 

यसैबीच विश्व स्वास्थ्य सङ्गठनले विश्वभरमा पहिलो पटक एकैदिनमा दुई लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ । 

शुक्रबार विश्वभर दुई लाख १२ हजार तीन सय २६ जनामा सङ्क्रमण पुष्टि भएकोमा अमेरिकामा मात्रै ५३ हजार दुई सय १३ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

विश्व स्वास्थ्य सङ्गठनले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘मेडिकल परीक्षणबाट हाइड्रोक्सिक्लोरोक्विन र लोपिनाभिरररिटोनाभिरको प्रयोगले कोरोना सङ्क्रतमितको मृत्युदरमा कमी आएन । यसर्थ यी औषधिको परीक्षण तत्काल बन्द गरिन लागिएको छ ।’

विश्वका विभिन्न देशमा विश्व स्वास्थ्य सङ्गठनको अगुवाइमा यी औषधिले कोरोना सङ्क्रमितमा परेको असरबारे जाँभ भइरहेको थियो । 

एक अन्तर्राष्ट्रिय कमिटीको सिफारिसमा विश्व स्वास्थ्य सङ्गठनले यस्तो निर्णय लिएको सङ्गठनको स्वास्थ्य एजेन्सीले बताएको छ । 

यद्यपि डब्ल्यूएचओले अस्पतालमा भर्ना नभएका बिरामी र रोगनिरोधकको रुपमा उनीहरुमाथि यसको प्रयोगसँग जोडिएको अध्ययनमा यो निर्णयको असर नपर्ने जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

222-1593938792.jpg