Sunday, 30th August, 2026
वि.स.

कोभिड-१९ को संक्रमण विरुद्ध एम्बुलेन्स चालकलाई अभिमुखीकरण

KOVID-1584873624.jpg

कोभिड-१९ को संक्रमण भित्रन तथा फैलन नदिन अपनाउनुपर्ने सचेतनाको विषयमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । 

थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा पालुङ प्राथमिक सवास्थ्य केन्द्रको व्यवस्थापनमा नगरका सबै एम्बुलेन्स चालकहरलाई अभिमुखीकरण गरिएको हो । थाहानगरका ६ वटा एम्बुलेन्स संचालनमा रहेका छन् । 

कार्यक्रममा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सुबोध चापागाई, सिनियर अनमी निरीक्षक, बालकुमारी ढकाल, अहेब सन्तोष केसी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा एम्बुलेन्स चालकहरुलाई कोभिड १९ को सतर्कताकोृ विषयमा जानकारी गराइएको थियो ।