nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 17th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कोभिड–१९ः पहिलोभन्दा दोस्रो लहर घातक

1610499426_corona-medicin-1623287632.jpg

कोभिड–१९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रमक र घातक देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने १ सय १२ प्रतिशतले बढेका छन् । त्यस्तै, पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्यु हुने संख्या १ सय ६३ प्रतिशत बढी छ ।

नेपालमा कोभिडको पहिलो लहर झन्डै १५ महिना (२०७६ माघ १० देखि) चलेको थियो । दोस्रो लहर २०७७ चैत अन्तिम सातादेखि सुरु भएको मानिएको छ । २०७७ चैत २५ लाई पहिलो लहरको अन्तिम दिन र त्यसपछिलाई दोस्रो लहर मानेर हेर्दा कोभिडबाट संक्रमित र मृत्युको यो भयावह तस्बीर देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत चैत २५ सम्म कोभिडको पहिलो लहरबाट मुलुकभरि २ लाख ७८ हजार ४ सय ७० जना संक्रमित थिए । त्यसपछिका दुई महिनामा संक्रमित हुनेको संख्या बढेर ५ लाख ९१ हजार ४ सय ९४ पुगेको छ । गत चैत २५ देखि जेठ २५ सम्मको दुई महिनामा ३ लाख १३ हजार २४ जना नयाँ संक्रमित थपिएका छन् । पहिलोको तुलनामा यो १ सय १२ प्रतिशतले बढी हो ।

त्यस्तै, कोभिडबाट संक्रमितमध्ये दोस्रो लहरमा मुत्यु हुनेको संख्या झनै धेरै छ । मन्त्रालयको तथ्यांकअनुसार कोभिडको पहिलो लहर (गत चैत २५ सम्म) मा ३ हजार ३८ जनाको ज्यान गएको थियो । तर दोस्रो लहरका दुई महिनामा गत चैत २५ यता यो संख्या बढेर ७ हजार ९ सय ९० पुगेको छ । दुई महिनामा ४ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ । यो संख्या पहिलो लहरको तुलनामा १ सय ६३ प्रतिशतले बढी हो ।

कोभिडको दोस्रो लहरको तुलनामा पहिलो लहर मृत्युदरका हिसाबले कमजोर देखिएको छ । गत चैत २५ सम्म कुल संक्रमितमध्ये मृत्यु हुने दर १.०९ प्रतिशत थियो । तर दोस्रो लहरको दुई महिनामा मृत्युदर १.५८ प्रतिशत पुगेको छ । नेपालमा एकैदिन यही जेठ ५ मा २ सय ४६ जनाको मृत्यु भएको थियो । अहिलेसम्म एकैदिन मृत्यु हुने संख्या यो नै धेरै हो ।

सरकारले नेपालमा कोभिडका कारण हुने कुल मृत्युदर १.६ प्रतिशत रहेको बताएको छ । दोस्रो लहरले सबैभन्दा बढी प्रभावित मानिएको छिमेकी भारतमा यो दर १.२२ प्रतिशत छ ।

नेपालमा २०७६ माघ १० मा पहिलोपटक कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । अहिले मुलुकभर ८० हजार ३ सय ३६ संक्रिय संक्रमित छन् ।

पछिल्ला केही दिन कोभिडको संक्रमण केही मत्थर भए पनि संक्रमणदर अझै २५ देखि ३० प्रतिशत हाराहारीमा छ । यो दरले मुलुकमा महामारीको फैलावट अझै पनि उच्च रहेको देखाउँछ । पछिल्ला दिनहरूमा सहरीभन्दा ग्रामीण क्षेत्रमा संक्रमण अत्यधिक फैलिएको छ । कर्णाली प्रदेशमा गत २४ घण्टामा ३ सय ५३ जनाको भाइरस परीक्षण भएकोमा १ सय ५७ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा संक्रमण दर (टेस्ट पोजिटिभिटी) ४४ दशमलब ५ प्रतिशत पुगेको छ । 

यसैगरी, सुदूरपश्चिममा कुल ६ सय १० जनामा परीक्षण भएकोमा २ सय २९ अर्थात् ३७ दशमलब ५ प्रतिशतमा संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा पनि संक्रमण दर २९.६ प्रतिशत छ । दोस्रो लहरमा ग्रामीण बस्तीहरूमा पनि कोभिड संक्रमित बढेका छन् । तर त्यहाँ परीक्षणको सुविधा छैन । पहिलो लहर सहरी क्षेत्रम बढी फैलिएको थियो ।

कोभिडको दोस्रो लहर सुरु भएपछि सरकारले २०७८ वैशाख १६ देखि काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न जिल्ला र सहरमा निषेधाज्ञा जारी गरेको छ । अहिले ७४ जिल्लामा निषेधाज्ञा जारी छ । पाँच सातासम्म निषेधाज्ञा लगाउँदा पनि संक्रमण दर ३० प्रतिशत हाराहारीमा रहनुले महामारी नियन्त्रणका लागि अझै धेरै समय लाग्ने देखिएको छ । नागरिकबाट