Wednesday, 2nd September, 2026
वि.स.

कैलाश गाउँपालिकामा शिक्षक दरबन्दी मिलान विरुद्ध अदालतको अन्तरीम आदेश

मकवानपुर कैलाश गाउँपालिकाले गरेको शिक्षक सरुवा कार्यलाई कार्यान्वयन नगर्न उच्च अदालत पाटन हेटौंडाले २३ असोजमा अन्तरिम आदेश जारी गरेको छ । 

कैलाश गाउँपालिकाले शिक्षक सरुवा गरेको भन्दै गाउँपालिकालाई विपक्षी बनाई मोहनलाल शिवाकोटीले उच्च अदालत पाटन हेटौंडामा निवेदन दिएका थिए । निवेदकको तर्फबाट अधिवक्ता अमृत कुमार लामाले बहस गरेका थिए । अदालतले गाउँपालिकालाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न समेत अन्तरिम आदशेमै भनेको छ भने सरुवा भएका शिक्षकहरुलाई अर्को आदेश नहुन्जेसम्म साविककै विद्यालयमा हाजिर हुन भनिएको छ । 

मुलुकभर रहेका ७५३ वटा स्थानीय तहमध्ये कैलाश गाउँपालिकाले पहिलोपटक दरबन्दी मिलान गरी शिक्षकहरु सरुवा गरेको थियो । विद्यार्थीहरु नभएको विद्यालयमा शिक्षक बढी हुने र बिद्यार्थी बढी हुने विद्यालयमा शिक्षक अभाव हुने भएकाले विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि गाउँपालिकाले नेपालको संविधानको धारा २२६, अनुसूचि ८ र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ बमोजिम बनेको कैलाश गाउँपालिकाको गाउँ शिक्षा ऐन २०७५ को दफा ३३ बमोजिम दरबन्दी मिलान गरेको दाबी गरेको छ ।

हेर्नुहोस् आदेशः


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif