Monday, 24th August, 2026
वि.स.

कैलाश गाउँपालिकामा भिरबाट लडेर महिलाको मृत्यु

मकवानपुरको कैलासमा भिरबाट लडेर महिलाको मृत्यु भएको छ । बाख्राचराउन गएकी महिलाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कैलाश गाउँपालिका वडा नम्बर १ मानेडाँडाका ४१ बर्षीया गौरीमाया थिङको भिरबाट लडेर मृत्यु भएको हो । थिङ मानेडाँडा भिरबाट अन्दाजी ६० मिटर तल खोलामा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०