Wednesday, 2nd September, 2026
वि.स.

केशव स्थापित मन्त्रीबाट बर्खास्त

Keshav-Sthapit-1541154302.jpg

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् ।

१६ कार्तिको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो । उनको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की नै भएको थियो ।

संविधानको धारा १६९ को उपधारा २ खण्ड ख बमोजिम मुख्यमन्त्रीले प्रदेश ३ का भौतिक पुर्वाधार मन्त्री केशव स्थापितलाई मन्त्रीको जिम्मेवारीबाट मुक्त गरिएको जनाइएकोृ छ । अब भौतिक पुर्वाधार विकास मन्त्रालय मुख्यमन्त्रीले नै सम्हाल्ने भएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif