Wednesday, 26th August, 2026
वि.स.

कृषि विकास बैंक पालुङका प्रबन्धक रेग्मीको विदाई, ढुङगानालाई स्वागत

कृषि विकास बैंक पालुङ शाखाका प्रबन्धक बिनोद रेग्मी सेवा निवृत्त भएका छन् । बैङकिङ क्षेत्रमा लामो समयसम्म योगदान दिएका रेग्मी यस क्षेत्रका अनुभवी व्यक्तित्व हुन् ।

पालुङ शाखाको प्रबन्धकमा प्रकाश ढुङ्गाना हेटौंडाबाट सरुवा भई आएका छन् । १८ फागुनमा एक कार्यक्रमका बीच सेवा निवृत्त भएका रेग्मीको विदाई तथा नयाँ प्रबन्धकका रुपमा आएका ढुङ्गानालाई स्वागत गरिएको छ ।

बैंकको कार्यालय शिखरकोटमा कार्यक्रमको आयोजना गरि विदाई र स्वागत गरिएको बैंककी कर्मचारी निशा थापामगरले जानकारी दिइन् । विदाइ तथा स्वागत कार्यक्रममा यस शाखामा रही लामो समय कार्य सम्पादन गरेका रेग्मीको योगदानको प्रशंसा गरिएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif